देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण छन्, अस्थायीको त हिसाबनै छैन : आईजीपी कार्की

देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण छन्, अस्थायीको त हिसाबनै छैन : आईजीपी कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उनले यस्तो बताएका हुन् ।

आईजीपी कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको पनि बताउँदै जीर्ण रहेको प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको गुनासो गरे ।

अस्थायी चौकीहरूको कति जीर्ण छन् भन्ने यकिन हिसाब नै नरहेको उनले बताए। ‘अहिले सिमावर्ती क्षेत्रका र संबेदनशिल ठाउँका चौकीहरू पनि भत्किने जीर्ण अवस्थाका छन् । चौकी नै लडेर केही होला कि भन्ने चिन्ता गर्नु पर्ने अवस्थाका छन् । हामीले अहिले २ सय ६३ वटा जीर्ण स्थायी चौकीहरूको जीर्ण भएका छन्, अस्थायीको त हिसाबै भएन, जीर्ण भएका चौकीहरूको संघीय मामिला अन्तर्गत स्थानीय तहबाटै बन्ने स्थिति सिर्जना भइदियो भने हाम्रा मान्छेहरू दिनभर ड्युटी गरेपछि बेलुकी एकछिन आम नागरिक जस्तै मानवीय रूपमा स्वभाविक किसिमले बस्न पाउँछन् की भन्ने अपेक्षा छ ।’ उनले भने ।

आईजीपी कार्कीले अस्थायी प्रहरी चौकी माग भएका स्थानमा प्रहरीले संवेदनशीलतापूर्वक काम गरिरहेको जानकारी दिए।