काठमाण्डु– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाको छोरीलाई आफ्नी छोरी बनाई नागरिकता दिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
वीरगञ्जका मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, त्यसवारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा चलाइएको छ ।
उल्लेखित कार्यमा संलग्न प्रतिवादीहरु उपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ । मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए ।






प्रतिक्रिया