सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु

सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रपुर – रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा सोमबार बिहान सवारीसाधनले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ वर्षीय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

ठक्कर दिने सवारीसाधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।