विश्वकप हेर्न मेक्सिको जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयो

विश्वकप हेर्न मेक्सिको जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता गरेका छन् ।

फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जान लागेका अध्यक्ष नेम्वाङ र राईलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको हो ।

अध्यागमन स्रोतका अनुसार उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।