काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव पदमुक्त भएका छन् ।
रास्वपा केन्द्रीय अनुशासन आयोगले यादवमाथि पार्टीको विधान, आचारसंहिता, कार्यविधि तथा निर्वाचनसम्बन्धी व्यवस्थाविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गरेको हो ।
आयोगले जेठ २५ गतेनै पत्र काट्दै उनलाई पदमुक्त गरिएको जानकारी दिएको छ । उनीमाथि पदीय जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्न नसकेको, पदीय क्षेत्राधिकार मिचेको तथा अनावश्यक हस्तक्षेपमार्फत समूहगत राजनीतिलाई बढावा दिएको आरोप छ ।
आवश्यक प्रमाणको आधारमा निर्णय लिनुपर्ने उल्लेख गर्दै यादवलाई सभापतिको जिम्मेवारीबाट पदमुक्त गरिएको पत्रमा उल्लेख छ ।
आजैदेखि निधि भवनमा धनुषाको जिल्ला अधिवेशन भइरहेको छ ।




प्रतिक्रिया