काठमाण्डु– विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले भोलि (बुधबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाएका हुन् ।
विपक्षीको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मालोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आइरहेका छन् ।




प्रतिक्रिया