जुर्मुराउँदै प्रतिपक्ष : विपक्षी एकजुट गर्न खोज्दै कांग्रेस

जुर्मुराउँदै प्रतिपक्ष : विपक्षी एकजुट गर्न खोज्दै कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्मा आवाज सुनुवाइ नभएपछि प्रतिपक्षी दलहरू जुर्मुराउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

मंगलबार संसद् बैठक स्थगित भएपछि कांग्रेसले विपक्षी दलहरूलाई एकजुट गर्न बैठक बोलाएको छ ।

बैठक मंगलबारै दिउँसो सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्दैछ ।

बैठकमा प्रतिनिधि सभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको कांग्रेस संसदीय दलका सचेतक निस्कल राईले जानकारी दिए ।

मंगलबार विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन् । त्यसपछि प्रतिपक्षी दलको बैठक बोलाइएको छ ।