रोकिएन सेयर बजारको पहिरो, कारोबार रकममा भने सुधार

रोकिएन सेयर बजारको पहिरो, कारोबार रकममा भने सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सेयर बजार मापक नेप्से परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पायो ।

मंगलबार नेप्से १.५४ अंक घटेर २७३३ अंकमा झरेको छ । यसअघि अघिल्ला तीन कारोबार दिन पनि नेप्से लगातार घट्दै आएको छ ।

नेप्से घटे पनि मंगलबार कारोबार रकममा भने वृद्धि भएको छ ।

मंगलबार ६ अर्ब ४४ करोड कारोबार भयो । अघिल्लो कारोबार दिन ४ अर्ब ८ करोडको कारोबार भएको थियो । यो गत वैशाख यताकै सर्वाधिक कारोबार हो ।


१०५ कम्पनीको मूल्य बढ्यो भने १५१ को घट्यो । १५ कम्पनी स्थिर रहे । फाइनान्स उपसमूहको मूल्य सर्वाधिक १.०१ प्रतिशतले घट्यो ।


बजारमा नयाँ सूचीकृत दुई कम्पनी सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै समान १५ प्रतिशतले बढे ।

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९।१६ प्रतिशत घट्यो ।

सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट धेरै कारोबार हुने कम्पनीमा अगाडि रहे ।