गृहमन्त्रीमा गुरुङ र नवप्रवर्तनमन्त्रीमा पुन नियुक्त, राष्ट्रपतिसमक्ष शपथ ग्रहण

गृहमन्त्रीमा गुरुङ र नवप्रवर्तनमन्त्रीमा पुन नियुक्त, राष्ट्रपतिसमक्ष शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सिफारिसमा मंगलबार राष्ट्रपति पौडेलले गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले मंगलबारै राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि सुधनले पहिलोपटक २७ दिन गृहमन्त्री भएर सम्पत्ति विवादका कारण राजीनामा दिएका थिए । उनी गोरखाको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् । उनी नेपालमा चर्चित वैज्ञानिक समेत हुन् ।