काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्नेगरी गृहकार्य थालेको छ। समायोजन फाराम भरेका कमृचारीको विवरण जाँच सुरु गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले जानकारी दिए।
संघ,प्रदेश र स्थानीय तहमा लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन्, जसमा सरकारी सेवाका ७५ हजार तीनसय ६७ र अन्य सेवाका एक हजार ६ सय ६७ जना छन्।
फाराम भरेका सबै कर्मचारीको विवरण जाँच सकिएलगत्तै समायोजनपत्र दिन सुरु गरिने अधिकारीले बताए। ‘भरिएका फाराम र निजामती किताबखानाको विवरण भिडाएर जाँच गर्ने काम सुरु भएको छ’, उनले भने, ‘एक सातामा सबै विवरण जाँच सकिनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।




प्रतिक्रिया