काठमाण्डु – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै ३ वर्ष मात्रै मन्त्री बन्ने घोषणा गरेका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताउँदै मन्त्रालयमा रातदिन काम गर्ने र बढीमा ३ वर्ष मात्र मन्त्री पदमा बस्ने बताए ।
‘विज्ञान, प्रविधिको कुरामा ढिला हिँडेर ठाउँमा पुगिँदैन । द्रूतगतिमा रातदिन काम गरेर अगाडि बढ्ने हो । म यो पदमा धेरै बस्दिनँ । बढीमा ३ वर्ष मन्त्री भएर खाने हो,’ उनले भने ।
छिटोछिटो काम गरेर अरुलाई हस्तान्तरण गर्ने उनले बताए । उनले सरकारको कार्यकाल ५ वर्ष भए पनि आफू पूरा समय नबस्ने बताएका छन् ।




प्रतिक्रिया