प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको भनेर गलत प्रचार गरिएको बताएका छन् । यस विषयमा अतिरन्जना फैलाइएको र सरकारविरुद्ध संगठित समूह लागेको उनको आरोप छ ।

अर्थमन्त्री वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताए ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै मन्त्री वाग्लेले गुनासो गर्दै भने, ‘प्रधानमन्त्री र म माथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ ।’

वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको पनि बताए । ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,’ वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’

उनले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको बताउँदै भने, ‘केही दिनमा यो विषय अदालत पुग्नेछ ।’

वाग्लेले सरकारसँग रुष्ट भएका र त्यस्ता समूहबाट पालित पोषित व्यक्तिहरू अहिले प्रधानमन्त्री र म माथि आक्रमण गरिरहेको बताए ।

उनले सार्वभौम संसदका सांसदहरूलाई यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन आग्रह गर्दै अर्थमन्त्री वाग्लेले संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि बताए ।