काठमाण्डु– श्रम संस्कृति पार्टीले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ’, भन्ने अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने मागलाई निरन्तरता दिएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय मागेर बोल्दै सो पार्टीका संसदीय दलका नेता हर्कराज साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाई र प्रधानमन्त्रीले सदनमा माफी नमागेसम्म नियमित कार्यसूचीमा आफ्नो दल सहभागी हुन नसक्ने बताए ।
‘हाम्रो माग एउटै छ । ०८३ साल जेठ १७ गते प्रधानमन्त्रीले बोलेका कुरा संसदको रेकर्डबाट हटाइनुपर्दछ । र प्रधानमन्त्रीले संसदमा आएर आफ्नो बोली सच्याउनुपर्दछ’, उनले भने ।
यस्तै राईले निमावलीको विभिन्न निमयलाई अन्देखा गरेर संसद सञ्चालन गरिएको भन्दै सबै नियम परिपालन गरेर संसदलाई मर्यादित ढंगले सञ्चालन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराए ।
‘हामी संसदको नियमित कर्यासूचीमा प्रवेश गर्न तयार छौं । तर हाम्रो यी माग सम्बोधन गरिनुपर्दछ’, राईले भने ।




प्रतिक्रिया