काठमाण्डु– एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सदस्यता लिएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सो पार्टीकी सांसद यशुदाकुमारी बरालले ओलीले रास्वपा सदस्य लिएको भन्ने प्रचारमा आपत्ति जनाइन् । त्यसबारे सरकार र रास्वपाले जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
‘पूर्वप्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई राष्टि«य स्वतन्त्र पार्टीको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ’, बरालले भनिन्, ‘यो विषयमा सरकार र सम्बन्धित पार्टीलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’




प्रतिक्रिया