५ वर्षपछि इच्छाअनुसार बजेट ल्याउनुस् भन्ने अर्थमन्त्रीको चुनौती स्वीकार गर्छुः हर्क साम्पाङ

५ वर्षपछि इच्छाअनुसार बजेट ल्याउनुस् भन्ने अर्थमन्त्रीको चुनौती स्वीकार गर्छुः हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले ५ वर्षपछि ‘तपाईंहरुको इच्छाअनुसार बजेट बनाउनुस्’ भन्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको चुनौती स्वीकार गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुने क्रममा उनले वाग्लेको चुनौती स्वीकार गरे ।

‘अर्थमन्त्रीज्यूले यही रोष्ट्रममा उभिएर ५ वर्षपछि तपाईंहरुको इच्छाअनुसारको बजेट बनाउनुस् भन्ने हिसाबले बोल्नुभएको कुराप्रति सहमति र आपत्ति व्यक्त गर्छु’, उनले भने ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले सरकारी दस्तावेजमा आफ्नो भाषा लेख्ने चाहना भए ५ वर्षपछि बहुमत ल्याएर सरकार चलाउन चुनौती दिएका थिए ।