काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३–८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न अन्तर मन्त्रालय छलफल सुरु गर्दैछ ।
कानुनमन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ ।
महिलामन्त्री वादीसँग दिउँसो ३ बजे र भूमिमन्त्री रावलसँग अपरान्ह ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ । मन्त्रीहरूसँग कुन कुन विधेयकको तयारी कसरी भइरहेको छ भनेर ब्रिफिङ लिने र आवश्यक समन्वय गरिने जनाइएको छ ।
विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकता क्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ ।




प्रतिक्रिया