दमौली तनहुँ- आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत २१ लाख भन्दा बढी रकम वितरण गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो । गाउँपालिका भित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन् । उत्पादनका आधारमा प्रति लिटर छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गरेको छ ।
अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीतिअन्तर्गत अनुदान वितरण गरिएको बताए । उनले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिइएको उल्लेख गर्दै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
अध्यक्ष चुमानले भने, “कृषकले उत्पादन गरेअनुसार प्रत्यक्ष लाभ पाउने व्यवस्था गरिएकाले यसले दुग्ध उत्पादन वृद्धि गर्न थप प्रेरणा दिएको छ । रकम कृषकहरूको हातमा पुगेको छ, जसले उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास लिएका छौँ ।
आगामी दिनमा उत्पादनमुखी र कृषकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।




प्रतिक्रिया