एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो २ दिनमा १५ हजार रुपैयाँले घटेको सुन आज ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।