अर्थमन्त्रीमाथि छानबिन हुनैपर्छ, सुरु मैबाट गरियोस्ः वर्षमान

अर्थमन्त्रीमाथि छानबिन हुनैपर्छ, सुरु मैबाट गरियोस्ः वर्षमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगै आफूमाथि पनि छानबिन गर्नुपर्ने भए तयार रहेको बताएका छन् ।

शुक्रबार विनियोजन विधेयकमाथिको छलफलअघि संसद बैठकमा पुनले कार्यकारीको कामबारे प्रश्न उठाएकै आधारमा अर्थमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै वाग्लेमाथि छानबिन हुनुपर्ने बताए ।
बुधबार र बिहीबार सांसदहरुले संसदमा प्रस्तुत भइसकेको आर्थिक विधेयकमा संशोधन गरी आफूखुसी करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिमित गठनको माग गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले आफूमाथि प्रश्न उठाउनेहरुका पुराना फाइल खोल्ने अभिव्यक्ति दिएका दिए । त्यसतर्फ इंगित गर्दै पुनले यसअघि बजेट ल्याएका अर्थमन्त्रीमाथि छानबिन गर्न र सुरु आफूबाट गर्न माग गरे । आफूले दुई आर्थिक वर्ष अगाडि अर्थमन्त्रीका रुपमा बजेट ल्याएको भन्दै उनले त्यतिबेलाको छानबिन गर्ने भए आफू तयार रहेको बताए । ‘अर्थमन्त्रीले गत वर्ष ७३ वटाको हेरफेर भयो, यो पटक मैले ७ वटाको हेरफेर गरें भनेर खुलमखुला भन्नुभएको छ । ७३ होस् वा एउटा होस् । अपराध भनेको अपराध नै हो’, पुनले भने, ‘दुई वर्ष अगाडि म पनि पुरानो हुँ । मैले पनि बजेट ल्याएको थिएँ । मेरो पालाको पनि छानबिन होस्, गत वर्षको पनि छानबिन होस् । म तयार छु ।’
अर्थमन्त्री वाग्लेले सातवटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुला स्वीकार गर्नुलाई पुनले आर्थिक अपराधको संज्ञा दिए । ‘हामीले अपराध गर्न भनेका थिएनौं । जिज्ञाशा राखेका थियौं । तर, उहाँले धम्की दिँदै यो मैले गरेकै हुँ के गर्छौ गर भन्नुभयो । अर्थमन्त्रीबाट संसदको ममानहानी भएको छ । समामुख महादयले यसमा रुलिङ गर्नुपर्छ, छानबिन हुनुपर्छ । यसप्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय । मुलमखुला उहाँले स्वीकार्नुभयो रोष्ट्रमबाट यो रेकर्ड छ’, पुनले भने । विगतमा पनि सानातिना प्राविधिक कमजोरी सुधार गर्ने गरिएको चर्चा गर्दै उनले मन्त्रिपरिषदले गर्नुपर्ने संशोधन अर्थमन्त्रीले गर्न नसक्ने स्पष्ट गरे ।
‘सरकार सँधै बह्ुमतमा हुन्छ । जरुरी पर्दा क्याबिनेटले हेरफेर गरेर फेरि संसदलाई जानकारी गराउने प्रक्रिया पनि छ । यसको अर्थ केही चलाउनै पाइँदैन, हल्लाउनै पाइँदैन । सिद्धियो भन्ने कुरा होइन । तर, ‘ड्यु प्रोसेस फलो गर्नुपर्छ । अझ हिजो प्रश्न उठाउनेलाई तिम्रा के छ, फाइल खुल्दैछ । खास गरेर मेरैदेखि छानबिन होस भन्दैछु । यो पुराना र नयाँको विषय होइन, पद्धतिको विषय हो, नैतिकताको विषय हो । संसदको सर्वोच्चताको विषय हो । नयाँ साथीहरु नयाँ भावनासहित आउनुभएको छ । हिजोकाले गरे त्यसैले मैले पनि गरें भन्न पाइँदैन ।’