वन कार्यालयले पुराना काठ व्यवस्थापन गर्दै

वन कार्यालयले पुराना काठ व्यवस्थापन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ ।

वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

सतनचुली सामुदायिक वन र चुम्लिङटारमा रहेका उक्त ए ग्रेडका  काठबाट प्रतिक्युबिक फिट एक हजारदेखि एक हजार २५० सम्म राजस्व सङ्कलन हुनेछ ।