काठमाण्डु– एमालेले नवलपरासीको सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा सरकारसँग जवाफ मागेको छ ।
प्रतिनिधिसभा बैठक जारी रहेका बेला आकस्मिक समयमा बाग्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको’ अभिव्यक्ति दिएपछि भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्ने क्रम बढेर गएको दाबी गरे ।
सुस्ताबासीले भारतीय सेनालाई लखेटेको भन्दै उनले उक्त कदम राष्ट्रवादी भएको बताए । उनले प्रतिकार गर्नेहरुको सम्मानमा टोपी झिकेर शिर झुकाए ।
‘म धन्यवाद दिन चाहन्छु, सुस्ताबासीलाई जहाँ एसएसबीको प्रतिकार गरेका छन् र लखेटेका छन् । म आभार व्यक्त गर्न चाहन्छु ,ती राष्ट्रवादी जनतालाई मन भन्न चाहन्छु र म टोपी खोलेर शीर झुकाएर राष्ट्रवासी सुस्तावासीहरुलाई धन्यवाद भन्न चाहन्छु’, उनले भने ।
महरले भारतीय सुरक्षाकर्मीले नेपाली भूमि प्रवेश गरेर जनता आतंकित बनाउने काम गर्दा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे ।
‘आज मात्रै नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा भारतीय एसएसपी बल नेपाल प्रवेश गरी त्यहाँ ठूलो समस्या भएको छ । नेपालको भूमिमा छिरेर गस्ती गरेको छ, र त्यहाँ आतंक सृजना गरेपछि स्थानीयबासी एकजुट भई त्यसको प्रतिकार गरेका छन् । पछि स्थानीयबासीले लेखेकोका छन् । म यो सम्मानित सदनमा सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र म भन्न चाहन्छु कि नेपाल सरकार के हेरेर बसेको छ’, उनले भने, ‘हामीले त्यसै भनेका छैनौं । यो प्रतिपक्षको विषय मात्र होइन, सिंगो नेपालको एजेण्डा हो । प्रधानमन्त्रीले सदनमा जसरी बोल्नुभयो । ‘नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने अभिव्यक्तिका कारण नेपाल–भारत सीमाका धेरै क्षेत्रमा समस्या भएको छ र एसएसबीले नेपालीलाई समस्या दिएको छ ।’




प्रतिक्रिया