काठमाण्डु – फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी भएको छ ।
सहआयोजक समेत रहेको क्यानडाले शनिबार बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक-एक गोलको बराबरी खेलेको हो ।
खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । ७८ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।
काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक-एक अंक बाँडेका छन् । यो बराबरीसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक अंक हासिल गरेको हो ।
यसअघि क्यानडाले सन् १९८६ र २०२२ का विश्वकपमा सहभागिता जनाउँदा सबै खेल गुमाएको थियो। १९८६ मा तीनै खेल हारेको क्यानडाले २०२२ मा पनि तीनै खेलमा पराजय बेहोरेको थियो।
विश्वकपको चौथो खेलमा अहिले आयोजक अमेरिका र पाराग्वेबीचको खेल भइरहेको छ । सन् २०१० पछिका तीन विश्वकपमा पाराग्वे छनोट हुन सकेको थिएन । अमेरिकाले १६ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो ।
विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरुआत गरेका छन् ।




प्रतिक्रिया