बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंकिङ कसुरको सेफ सन्तोष साह आरोपमा पक्राउ परेका छन् ।

बैंकिङ कसुरसम्बन्धी उजुरीको आधारमा उनलाई गएराति महोत्तरीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।

साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाण्डुले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।

प्रहरीले आरोपका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।