नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका ८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ९ मुढेबाट पक्राउ गरेको हो ।

डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेको उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको थिए । श्रेष्ठलाई नक्खु कारागार चलान गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।