भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई ४० हजार घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ ।

अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको छ ।

कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका कण्डेलको साथबाट घुस बापतको ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको छ ।

आयोगले उनलाई शनिबार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।