१२ सय रुपैयाँले बढ्यो सुनको भाउ

१२ सय रुपैयाँले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० ले बढेको छ ।

गत शुक्रबार प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको छापावाला सुन आज २ लाख ९३ हजार २०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार ४ हजार ८९५मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।