कांग्रेस व्यावहारिकरूपमा फुटिसक्यो : शशांक कोइराला

कांग्रेस व्यावहारिकरूपमा फुटिसक्यो : शशांक कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन् ।

विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले पार्टी व्यावहारिकरूपमा फुटिसकेको बताएका हुन् ।

उनले भने, ‘लामो संघर्ष र ठुलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी छ । यो पार्टी आफैँ नटुक्रिएको बरु यसलाई टुक्र्याइएको छ ।’

उनले इतिहास र हालसम्मका संस्थागत उपलब्धिलाई जोगाउनका लागि कांग्रेस जसरी पनि मिल्नुपर्नेमा जोड दिए।

अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको स्पष्ट पार्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे ।

कोइरालाले पार्टीको भविष्यलाई उज्वल बनाउन र मुलुकलाई सही दिशा दिनका लागि विगतका तिक्तता त्यागेर कसरी हुन्छ एकताको वातावरण निर्माण गर्न सम्पूर्ण नेताहरूलाई आह्वान गरे।