विश्वकप फुटबल : स्वीडेनद्वारा ट्युनिसिया ५-१ ले पराजित

विश्वकप फुटबल : स्वीडेनद्वारा ट्युनिसिया ५-१ ले पराजित


काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।
मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा निकै रोचक प्रतिस्पर्धामा ट्युनिसियाविरुद्ध स्वीडेनले ५-१ को फराकिलो जित हात पारेको हो।

खेलको ९०औँ मिनेटपछि स्वीडेनका यासिन अयारीले पाँचौँ गोल गरे। खेलको ८४औँ मिनेटमा स्वीडेनकै खेलाडीहरू म्याटियास स्वानबर्ग, ५९औँ मिनेटमा भिक्टर ग्योकेरेस, ३०औँ मिनेटमा अलेक्जेन्डर इसाक र सातौं मिनेटमा २२ वर्षीय ब्राइटन मिडफिल्डर यासिन अयारीले १-१ गोल गरे।

यस्तै, ४३ औं मिनेटमा ट्युनिसियाका लागि उमर रेकिक एक गोल गरेका थिए।