काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ धम्कीपूर्ण चेतावनी दिएका छन् ।
निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा लम्सालले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
ठेकेदारले समयमै काम नसक्दा सर्वसाधारण जनताले सास्ती पाएको उनको भनाइ छ ।
‘यो बिजुलीको पोलको कन्ट्र्याक्ट पेपर र कन्ट्र्याक्टर कहाँ छ ? खोजेर ल्याउनुस्’ , उनले भनेका छन्, ‘त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन । यहाँको पब्लिकले धेरै दुःख पाए ।’
मन्त्री लम्सालले विकास आयोजनामा विद्यमान अवरोध हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया