काठमाण्डौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई धेरै उम्लिए पोखिने बताएका छन् ।
अर्थमन्त्रीले सानो विनियोजन विधेयक समेत अध्ययन नगरेको भन्ने जवाफ दिएपछि उनले उक्त कुरा बताएका हुन् ।
‘सानो विनियोजन विधेयक समेत अध्ययन नगरेको भनेर कटाक्ष गर्नुभयो,’ उनले भने, ‘मन्त्रीज्यू आदीवासी जनजाती आयोग र प्रतिष्ठान फरक हो । आयोगको बजेट किन कटौती गरिएको र प्रतिष्ठानको किन शून्य बनाएको भनेर सोधेको हुँ। तर उहाँले शिक्षाको फरक ढंगले कटाक्ष गर्नुभयो। धेरै उम्लिन हुँदैन, पोखिन्छ ।’




प्रतिक्रिया