काठमाण्डु– मधेश प्रदेश सरकारले कर्मचारीको तलब बढाएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् ।
त्यसबाहेक, कार्यसम्पादनको आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता पनि थपिने छ ।
प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने बताएको छ। सरकारले सुशासन कायम गर्न यस्तो कार्यक्रम ल्याएको अर्थमन्त्री भट्टराईको भनाइ छ।
त्यसका लागि ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सन्चालनमा ल्याउने अर्थमन्त्री भट्टराईले बताए।




प्रतिक्रिया