आज यी ५ प्रदेशमा पानी पर्ने, २ प्रदेशका केही स्थानमा तातो दिन हुने

आज यी ५ प्रदेशमा पानी पर्ने, २ प्रदेशका केही स्थानमा तातो दिन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती प्रदेशको हिमाल र पहाडी साथै मधेश प्रदेशमा साधारणतया बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । कोशी, मधेश र बागमती प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा पनि आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ।

देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईकाएक–दुई स्थानमा पनि मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

यस्तै आज राति देशको हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराईका केहि स्थानमा आंशिक बादल तथा अन्य तराईमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाल र पहाडका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाल र पहाडका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।