गोलबजार सिरहा- सिरहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ ।
प्रहरीले सिरहा नगरपालिका १३ गमहरियास्थित कमला नदीबाट एउटा स्काभेटर र टिपर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिका ३ गागनखोलनबाट आठवटा टिपर नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलबजार र इकाला प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले ग्राभेल लोड गरेको ना ४ ख ८३७३, ना ८ ख १५१९, ना ३ ख ३८११, ना ६ख ६९८८, मप्र ०१-००१ क ०५१४, बाप्र ०३-००१ क ०३३८, प्र २–०१-००१ क ०१९० र मप्र ०३-००१ क ३८९३ नम्बरको टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी नरेश लिम्बूले जानकारी दिए।
नदीजन्य वस्तु अवैध उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यस ठाउँमा पुगेपछि सबै टिपर चालक सवारीसाधन छाडेर भागेका प्रहरीले जनाएको छ ।




प्रतिक्रिया