स्वास्थ्य मन्त्रालयले माग्यो ८ वटा निकायमा पदाधिकारी, १० दिनभित्र आवेदन दिन सकिने (सूचना)

स्वास्थ्य मन्त्रालयले माग्यो ८ वटा निकायमा पदाधिकारी, १० दिनभित्र आवेदन दिन सकिने (सूचना)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न निकायका लागि आवेदन खुलाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै ८ वटा निकायमा २२ जना पदाधिकारीहरूका लागि आवेदन आह्वान गरेको हो ।

विभिन्न परिषद्हरू, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरूका लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ ।

सूचना प्रकाशन भएको मितिले १० दिनभित्र सोझै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार, काठमाण्डुको नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेबसाइटमा गएर आवेदन दिन आग्रह गरिएको छ ।

मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।

सूचना