मुग्लिन-मलेखु सडकमा कालोपत्रेको तयारी

मुग्लिन-मलेखु सडकमा कालोपत्रेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ मलेखु सडकखण्डमा कालोपत्रेको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

नागढुङ्गा मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ ।

उनले भने “ ३० टन अलकत्रा आइसकेको छ । यही ५ गतेबाट कालोपत्रेको काम सुरु हुन्छ । तत्काल सो ठाउँमा ७०० मिटर सडक कालोपत्रे गरिने छ भने असार महिनामा तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ ।”

सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । वारवाङ, मौवा, खटौटी र गोमती खोलाको पुलको काम थोरै मात्र बाँकी छ । ती पुलको सडकसँग जोड्ने बाटो कालोपत्रे लगायतका काम बाँकी छ ।

सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८.८६ किलोमिटर सडक पर्दछ । शर्मा-जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो ।

सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाण्डु प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । गएको डिसेम्बर २८ मा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ ।