काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिकाको अधिवेशन सकिएको हो ।
केही स्थानका अधिवेशन आन्तरिक विवाद र विधान मिचिएका कारण स्थगित र बदरसमेत भएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कर्णाली प्रदेशका २ जिल्ला डोल्पा र हुम्ला, लुम्बिनीको रुकुम पूर्व, गण्डकीको मनाङ र मुस्ताङ, मधेशको धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन बाँकी छ । अधिवेशन प्रक्रिया सुरू भई स्थगन भएका जिल्लाको सूचीमा सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट छन् ।
७ प्रदेशमध्ये मधेशको अधिवेशन स्थगन छ । कर्णाली प्रदेशको अधिवेशन चालू रहेको बुर्लाकोटीले बताए ।
सुदूरपश्चिममा भने केहिबेर अघि सभापतिमा प्रकाश विष्ट विजयी भएका छन् । रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुनेगरी तयारी तीव्र छ।




प्रतिक्रिया