काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विश्वकप फुटबल निःशुल्क हेर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद् प्रमेश हमालले जारी विश्वकप फुटबल नेपाल टेलिभिजनमार्फत निःशुल्क प्रसारण गर्न माग गरेका हुन् ।
हमालले टेलिभिजनमा फुटबल हेर्ने दर्शकबाट मनोमानी शुल्क असुली भइरहेको भन्दै सरकारको ध्यानकर्षण गराए ।
विश्वकप हेरेको ९ सढ ९९ रुपैयाँ तिर्नुपर्ने र उक्त रकम धेरैले तिर्न नसक्ने उनले औंल्याए ।
‘विश्वकप सबैको चासोको षय छ, युवाको झनै ठूलो चासो छ’, हमालले भने, ‘ तर, ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ, मोनोपोली छ ।’
हमालले विश्वकप प्रसारण गर्दै आएको निजी टेलिभिजनले पनि लगानी उठाइसकेको हुन सक्ने दाबी गर्दै निःशुल्क गर्न आग्रह गरे ।
हिमालय टिभीको ‘हिमालय स्पोर्टस् एचडी च्यालन’ ले विश्वकप फुटबल प्रसारण गर्दै आएको छ ।




प्रतिक्रिया