आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान (सूचना)

आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान (सूचना)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न भन्दै दरखास्त आह्वान गरेको हो।

सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेका नेपाली नागरिकले प्रतिस्पर्धा गर्न पाउने छन्।

कार्यकारी निर्देशक बन्न इच्छुक उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

निगमको कार्यकारी निर्देशकका लागि २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा दरखास्त बुझाउनुपर्ने छ।

सूचनामा भनिएको छ ‘ सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र (कार्यालय समयमा) मन्त्रालय (सरकारी उद्योग तथा संस्थान शाखा) सिंहदरबार, काठमाण्डुमा दरखास्त दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजात लगायतका विस्तृत विवरण मन्त्रालयको वेबसाइट बाट हेर्न सकिने छ ।