काठमाण्डु- विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस आज मनाइँदै छ ।
संयुक्त राष्ट्रसघंको महासभाले सन् १९९४ मा जुन १७ लाई खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि यो दिवश मनाउन थालिएको हो ।
मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।
राष्ट्रसंंघंका अनुसार चरन क्षेत्र पृथ्वीको आधाभन्दा बढी भू भागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्रायः बेवास्ता गरिएका पारिस्थितिक प्रणालीमध्ये एक हुन् । खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा चरन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । विश्वभर करिब दुई अर्ब मानिसको जीवनयापन यिनै चरन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ, जसमा पशुपालक समुदाय तथा आदिवासी समुदायहरू प्रमुख छन् ।
विश्व समुदायले चरन क्षेत्रको आर्थिक, सांस्कृतिक परम्परागत संरक्षकहरूको सम्मान गर्न तथा चरन क्षेत्रको पुर्नस्थापनामा लगानी बढाउन आह्वान गरिएको छ ।
राष्ट्रसघंले विश्वका झन्डै आधा चरन क्षेत्र क्षयीकरण भइसकेका जनाएको छ । यसबाट खाद्य तथा पानीको सुरक्षा, जैविक विविधता, जलवायु सहनशीलता तथा ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
विशेषज्ञहरूले पनि दिगो भूमि,जल व्यवस्थापन, खडेरीपूर्व तयारीमा आधारित पुर्नस्र्थापना कार्यक्रमलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।




प्रतिक्रिया