सरकारलाई हर्कको सुझाव- सुकुम्बासीहरू बसेकै ठाउँमा सिटी प्लान गरी पुनर्वास गरियोस्

सरकारलाई हर्कको सुझाव- सुकुम्बासीहरू बसेकै ठाउँमा सिटी प्लान गरी पुनर्वास गरियोस्

फाइल।

काठमाण्डु- श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले काठमाडौँका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरेका छन्। 

बुधबार प्रतिनिधि सभामा बोल्दै राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उनीहरूलाई प्रधानमन्त्रीले बेघरबार बनाएको बताएका हुन्।

यस्तै, उनले राहत दिने ठाउँमा राहत र व्यवस्थापन गर्नुपर्ने ठाउँमा व्यवस्थापन गर्न सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए। 

‘यसपालिको बजेटमा सहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुट्टिएको देखिन्छ। त्यहाँबाट हुन्छ वा कसरी हुन्छ। पुनर्वासको व्यवस्था होस्। र मेरो माग के छ भने उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यही एउटा राम्रो सिटी प्लान गरेर पुनर्वास गराउँदा सरकारको नै वाहवाही हुने थियो,’ उनले भने।