काठमाण्डु – नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान कायम राखेका छन् ।
उनले यसमा प्रतिपक्षले उठाएको आवाजलाई वेवास्ता नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद मल्लले प्रधानमन्त्री कार्यालयमा संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएर बयान लिइएको र पक्राउ गरिएको दाबी गरे ।
प्रधानमन्त्रीको कार्यालय त्यस्तो काम गर्ने ठाउँ नभएको भन्दै उनले यस्ता घटनाबाट लोकतन्त्र र संविधानकै चीरहरण हुने बताए ।
उनले यसरी आयोगका पदाधिकारीलाई बोलाएर जबरजस्ती बयान लिइएको घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न पनि माग गरे ।




प्रतिक्रिया