तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दाबी

तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र देशभरका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले सो लक्ष्यअनुसार सडक मर्मत तथा स्तरोन्नति योजनालाई अगाडि बढाइरहेको बताए ।

उनका अनुसार अब सडक मर्मतलाई परम्परागत ‘पटके’ शैलीबाट हटाएर नियमित र प्रणालीगत ढंगले सञ्चालन गरिनेछ, जसले दीर्घकालीन रूपमा सडकको गुणस्तर कायम राख्नेछ ।

‘अबको तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी देखिँदैन,’ मन्त्री लम्सालले भने, ‘हामीले सडक मर्मतलाई पटके काम होइन, नियमित तालिका अनुसार हुने प्रणालीमा रूपान्तरण गर्दैछौं। त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ र लक्ष्यअनुसार काम अघि बढ्नेछ ।’

उनले सडक सुरक्षालाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै पूर्वाधार सुधारका लागि दीर्घकालीन योजना अनुसार काम भइरहेको पनि जानकारी दिए ।