प्रहरीका ३० जना कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

प्रहरीका ३० जना कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही कार्यालयमा ३९औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।

तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले विपद् उद्धारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि सञ्चालित ४५ कार्यदिन अवधिको तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।