फिफा विश्वकप २०२६- दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६- दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जारी फिफा विश्वकप २०२६मा सहआयोजक मेक्सिकोले सानदार जित निकालेको छ ।ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको हो।

मेक्सिकोको जितमा लुइस रोमोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि प्रयाप्त भयो ।

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । यस जितसँगै विश्वकपको समुह ‘ए’ मा रहेको मेक्सिकले दुई खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । मेक्सिकोले आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ । ३ अंक बटुलेको दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो । यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एकरएक अंक छ । उनीहरुको पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ ।

विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपको नकआउट चरणमा ३२ टोली पुग्नेछन् । जसमा प्रत्येक समूहबाट शीर्ष २ टोली र तेस्रो हुने मध्येबाट उत्कृष्ट ८ टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा खेल्नेछन् ।