ट्राफिक कारबाहीबाट एक दिन २२ लाख ३९ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट एक दिन २२ लाख ३९ हजार राजस्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । 

सोबाट राज्यकोषमा २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, संकेत बत्ती उल्लंघनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक अवस्था ठीक नभएका ३० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६७२ गरी कूल दुई हजार ५५६ जनालाई कारबाही गरिएको हो ।