काठमाडौं– प्रहरीले कोशी प्रदेशका आन्तरिका मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा खानतलासी गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद् राजेन्द्र राईले पराजुलीको डेरामा बिहीबार राति प्रहरी पसेर खानतलासी गरेको भन्दै आपत्ति जनाए ।
सरकारले अकारण प्रदेशमन्त्रीको घर खानतलासी गर्नुको कारण माग गर्दै उनले नयाँ सरकारले के गर्न खोज्दै छ ? भन्ने प्रश्न गरे ।
‘हिजो बेलुका १० बजे कोशी प्रदेशका आन्तरिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको डेरामा उहाँ नहुँदा, उहाँ संखुवासभा जानुभएको रहेछ’, राईले भने, ‘राति पुलिसहरुले घर÷कोठा खानतलासी गर्ने । यस्तो किन हुँदैछ यो नयाँ सरकारबाट ? म बुझ्न सक्दिन, किन त्यस्तो भयो ? कसरी त्यहाँ के भयो ? ? यसको निमित्त छानबिन गर्न माग गर्दछु’, राईले भने ।




प्रतिक्रिया