प्रतिनिधिसभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत गरेको छ ।
संसद् अधिवेशन नचलेको समयमा सरकारले ल्याएको उक्त अध्यादेश संघीय संसद्को अधिवेशन सुर” भएकै दिन प्रतिनिधिसभामा पेस गरिएको थियो। तर, विधेयकको सट्टा अध्यादेश ल्याइएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए ।
नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे पनि पारित हुन सकेको थिएन ।
त्यसपछि प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव भने प्रतिनिधिसभाले स्वीकृत गरेको थियो ।
योसँगै अब सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउने बाटो खुलेको छ ।




प्रतिक्रिया