एक साताका लागि प्रतिनिधि सभा स्थगित

एक साताका लागि प्रतिनिधि सभा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। बैठक अब असार ११ गते बिहान ११ बजे पुनः बस्नेछ।

शुक्रबारको बैठकमा चार वटा अध्यादेश पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले स्थगनको घोषणा गरेका हुन्।

सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो। 

तीमध्ये शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको छ। स्वीकृत अध्यादेशमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश रहेका छन्।

यसअघि प्रस्तुत भएका संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन तथा अन्य ऐन संशोधनसम्बन्धी अध्यादेशहरू भने छलफलमा छन्।

चार अध्यादेश स्वीकृत भएसँगै अब तीलाई प्रतिस्थापन गर्ने विधेयक अघि बढाउने बाटो खुलेको छ।