काठमाण्डु – चर्चित हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ ।
अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आइतबार निधन भएको हो । हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत कलाकार शर्माको निधन भएको जानकारी दिएका छन् ।
पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले टेलिफिल्म ‘चतुरेको दाउपेच’सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गरेका छन् ।




प्रतिक्रिया