काठमाण्डु– चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटनस्थलमा वर्षापछि पानी जमेपछि गिटी र बालुवा बिछ्याउने काम भएको छ।
शनिबार रातभर परेको वर्षाका कारण मैदान हिलाम्मे बनेको थियो। त्यसपछि आइतबार बिहानै मोटर प्रयोग गरी पानी निकालिएको थियो। त्यसपछि स्थललाई सुक्खा र सुरक्षित बनाउन गिटी, बालुवा तथा माटो हालेर व्यवस्थापन गरिएको हो।
महाधिवेशन उद्घाटन कार्यक्रम प्रभावित नहोस् भन्ने उद्देश्यले आयोजक टोली बिहानैदेखि मैदान सुधारको काममा जुटिरहेको छ।
रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साह र सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यतालिका छ।




प्रतिक्रिया